समाचारआइतबार, कार्तिक १०, २०७०

बाबुरामको कार्यक्रम विथोल्न माओवादीको बन्द

हिमालखबर

नेकपा-माओवादीले बन्दको आह्वान गरेपछि संखुवासभा बसपार्कमा रोकिएका गाडि र यात्रुहरु ।

एमाओवादी नेता चुनावी कार्यक्रममा चैनपुर आउने भएपछि नेकपा–माओवादी संखुवासभाले १० कात्तिकमा जिल्लामा सम्पूर्ण यातयात बन्दको आव्हान गरेको छ ।

नेता भट्टराई चैनपुर बजारमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न तुम्लिङटार हुँदै आउने कार्यक्रम भएपछि उक्त कार्यक्रम हुन नदिन बन्दको आव्हान गरेको नेकपा–माओवादीका इन्चार्ज राजेन्द्र कार्कीले बताए । उनले शान्तिपूर्ण यातयात बन्दको आव्हान गरेको र सबैले सहयोग गर्नु पर्ने भन्दै बन्दको अबज्ञा गरेमा क्षति बेहुर्नु पर्ने धम्की समेत दिए । प्रशासनले बन्द खुलाउन कुनै प्रयास गरेको छैन ।

बन्दका कारण खाँदबारीबाट धरान साथै जिल्लाका बिभिन्नस्थानमा चल्ने गाडीहरु ठप्प छन् । यातयात नचल्दा सयौ यात्रु बसपार्कमै अलपत्र परेका छन् ।

यात्रुहरुले अग्रीम जानकारी नदिई एक्कासी बन्द भन्दै गाडी रोक्नु अराजक ब्यवहार भनेका छन् । मुडे, चैनपुर, तुम्लिङटार, खाँदबारी र भञ्ज्याङबाट दैनिक १० वटा बस धरान र बिराटनगरका लागि छुट्ने गरेकोमा बन्दले गर्दा रोकिएका छन् ।
छेटु शेर्पा सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>