थप समाचारआइतबार, कार्तिक १०, २०७०
उम्मेदवार र जनताबीच ‘लुकामारी’
ग्रामीण क्षेत्रका जनताको घरमा पुग्दा अधिकांश परिवारका सदस्य धान काट्न खेतमा जाने गरेकाले बल्लतल्ल जनताको दैलोसम्म पुगेका उम्मेदवारहरु जनताको घरको पानी पिएर फर्कने गरेका छन् ।
ग्रामीण कृषकलाई धान काट्ने चटारो परेका बेला उम्मेदवारलाई पनि अहिले नै घरदैलो भ्याउनु पर्ने भएपछि जनता र उम्मेदवारबीचको भेट ‘लुकाछिपी’ को खेल जस्तै भएको हो ।
यसपटकको निर्वाचनमा आयोगले आचारसंहिता पालनामा कडाइ गरेपछि माइकिङको कान खाने आवाज पनि जनताले सुन्न परेको छैन ।
संविधानसभा निर्वाचनका लागि बाँकेमा १३४ मतदानकेन्द्र र २९५ बुथ रहने व्यवस्था गरिएको छ । यसपटकको संविधानसभा निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख १५ हजार मतदाताको अन्तिम नामावली पनि जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिसकेको छ ।
निर्वाचनप्रति आम जनता उत्साहित देखिए पनि उनीहरु अझै एउटा प्रश्न गर्छन, “निर्वाचनपछि दलहरुले साँच्चिकै संविधान बनाउँछन् ?”
रासस
