समाचारआइतबार, कार्तिक १०, २०७०
कुल मतदाता एक करोड २१ लाख
आयोगले विभिन्न चरणमा तस्बिरसहितको मतदाता नामावली सङ्कलनमा गरी आागामी मङ्सिर ४ गतेको निर्वाचनका लागि १० कार्तिकमा अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो ।
आयोगले १६ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पनि नामावलीमा सूचीकृत गरेको थियो । यसरी सूचीकृत गरेका मतदातामा करिब एक करोड २४ लाख रहेका थिए तर १६ वर्ष पुगेकाले मताधिकार हुँदैन ।
तीमध्ये मतदानका लागि योग्य अर्थात् १८ वर्ष उमेर पुगेका मतदाताको अन्तिम नामावली सार्वजानिक गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । ती मतदातामध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लामा पाँच लाख ३२ हजार ११० र मनाङमा चार हजार ७९५ रहेको जनाइएको छ ।
प्रवक्ता राईका अनुसार समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भइसकेको छ । सो निर्वाचनका लागि एक करोड ३९ लाख मतपत्र आवश्यक हुने छ । त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १९२ निर्वाचन क्षेत्रको मतपत्र छाप्ने काम सम्पन्न भइसकेको छ । सो निर्वाचनका लागि पनि सोही सङ्ख्यामा मतपत्र आवश्यक हुने बताइएको छ ।रासस
