समाचारआइतबार, कार्तिक १०, २०७०

सुरक्षा कारवाही अब कडा हुन्छ: गृहमन्त्री

BBC

चुनाव विरोधी गतिविधि गर्नेहरुमाथि सरकारले आक्रामक कारबाही शुरु गर्ने तयारी गरेको गृहमन्त्री माधवप्रसाद घिमिरेले बताएका छन्।

सुरक्षाकर्मीले अब घटना हुनभन्दा अघि नै सक्रिय भई त्यस्ता गतिविधिमा संलग्न हुने सम्भावित व्यक्तिहरुलाई पहिले नै नियन्त्रणमा लिने उनले  बताए।

चुनाव बिथोल्ने क्रममा ठाउँ ठाउँमा बम राख्ने, उम्मेदवारहरुमाथि भौतिक आक्रमण गर्ने, निर्वाचन सामाग्री लुट्ने जस्ता क्रियाकलाप बढिरहेका बेला सरकारले आक्रमक कारबाही शुरु गर्ने तयारी गरेको हो।

कारबाही

गृहमन्त्री माधवप्रसाद घिमिरेले भने, “हामी अझ बढि दृढतापुर्वक सामना गर्न तयार छौं। आक्रामक रुपमा कडा भन्दा कडा कार्वाही गर्नुस् भनेर मैले भनिरहेको छु। यस्तो हुंदै गयो भने पहिले नै नियन्त्रणमा लिएर कारवाही गर्नु पर्ने स्थिति पनि हुन्छ।”

सेनासहित पौने दुई लाखभन्दा बढी सुरक्षाकर्मी खटाउने योजना बनाइए पनि चुनावी हिंसा नियन्त्रण हुन नसकेको भन्दै स्वयम् सत्ता समर्थक दलहरुले समेत सरकारको आलोचना गरेका छन्।

यही आलोचना माझ सरकारले, चुनावी कार्यक्रममा अवरोधको प्रयास गरिरहेको मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाप्रति कडा रुपमा प्रस्तुत हुने संकेत दिएको छ।

“उहाँहरुलाई कसैलाई मार्छु काट्छु भन्ने, तर्साउने अधिकार छैन। यदि उहाँहरुले त्यस्तो गर्नु भयो भने अपराधको मात्रा अनुसार कारबाही हुन्छ।” गृहमन्त्री घिमिरेले भने।

सरकारका वरिष्ठ मन्त्रीबाट यस्ता भनाइ आएपनि देशका विभिन्न भागमा चुनावी हिंसामा भने कमी आउने छनक नदेखिएको कतिपयको बुझाइ छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>