समाचारसोमबार, कार्तिक ११, २०७०
‘वैद्यलाई पनि संविधानसभामा ल्याउनुपर्छ’
डडेल्धुरामा ११ कात्तिकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले नेकपा–माओवादी सहितका दललाई संविधानसभा निर्वाचनमा ल्याउन आफूले अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन नसकेको बताए । निर्वाचनपछि संविधान संशोधन गरेर पनि माओवादीलाई संविधानसभामा ल्याउने विकल्पमा छलफल गर्न कांग्रेस तयार रहेको उनले बताए ।
संविधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नुपर्ने भन्दै नेता देउवाले वैद्य माओवादीसँग समेत सल्लाह गरेर संविधान बनाउने बताए ।
