समाचारसोमबार, कार्तिक ११, २०७०

पूर्व सभासद् प्यासी एमालेबाट निष्काशित

हिमालखबर


संविधानसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट एमाले उम्मेदवार बनेका महमुद आलमको हत्या अभियोगमा पक्राउ परेका पुर्वसभासद रामचन्द्र प्यासीलाई एमालेले पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । एमाले अध्यक्ष झलनाथ खनालले ११ कात्तिकमा विज्ञप्ति जारी गर्दै प्यासीलाई साधारण सदस्यताबाट समेत निष्काशन गरिएको जनाएका छन् । उनले प्यासीसहित आलमको हत्यामा मुछिएका सबैमाथि कारबाही प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् ।

संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फउम्मेदवारी दिएको भोलिपल्ट १८ असोजमा आलमको बाराको परवानीपुरमा गोली हानी हत्या गरिएको थियो । प्रहरीले हत्या अभियोगमा ९ कात्तिकमा प्यासीसहित तीनजनालाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>