समाचारमंगलबार, कार्तिक १२, २०७०

जाजरकोटमा एमाओवादी–माओवादी झडप, सात घाइते

हिमालखबर

चुनावी प्रचारमा रहेका एमाओवादी कार्यकर्ता र चुनाव बिथोल्न हिडेका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताबीच जाजरकोटमा भएको झडपमा सातजना घाईते भएका छन् ।

वैद्य माओवादीका कार्यकर्ताले चुनावी पोष्टर च्यातिदिएको विषयलाई लिएर ११ कात्तिक राति दुइ माओवादीबीच झडप भएको हो ।  क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पश्चिम जाजरकोटको  कोर्ताङ गाविसको मेसुमा भएको झडपमा एमाओवादीका दुइ र बैद्य माओवादीका पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले बताए । उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

समयमै प्रहरी पुग्न नसक्दा घटनाको विस्तृत विवरण आइसकेको छैन । झडप भएको स्थान पुग्न सदरमुकाम खलंगाबाट दुइ दिन पैदल हिड्नुपर्छ । त्यहाँबाट एमाओवादीका भक्तबहादुर शाह उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>