समाचारमंगलबार, कार्तिक १२, २०७०

वैद्यद्वारा फेरि गोलमेच माग

हिमालखबर

४ मंसीरको संविधानसभा विथोल्न हिंसात्मक प्रदर्शन समेत शुरु गरेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले राजनीतिक सहमतिका लागि निर्वाचन स्थगन गरी गोलमेच सभा आयोजना गर्न माग गरेको छ । १२ कात्तिकमा विज्ञप्तिमार्फ् अध्यक्ष वैद्यले समय छँदै गम्भीर बन्न सरकार र दलहरुलाई आग्रह समेत गरेका छन् ।

“परिणाममुखी राजनीतिक निकासका लागि आवश्यक पहल गर्न चार राजनीतिक दल तथा सरकारसँग फेरि पनि विशेष अनुरोध गर्दछौं” बैद्यले विज्ञप्तिमा भनेका छन् । विज्ञप्तिमा बैद्यले ३३ दलीय मोर्चालाई पृथक राखेर हुन गइरहेको निर्वाचनको कुनै अर्थ र औचित्य नभएको र यसबाट संविधान पनि नबन्ने दाबी गरेका छन् ।

यसअघि राखेको गोलमेच सभासहितको चारबुँदे प्रस्ताब चारदलले अस्वीकार गरी वार्ता भंग हुँदा आफूहरु चुनाव बहिष्कारको पक्षमा जानुको विकल्प नभएको भन्दै बैद्यले चुनावमा भाग लिनु र बहिष्कार गर्नु दुवै दुवै समान राजनीतिक अधिकार र समानताको विषय भएको जिकिर गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>