थप समाचारमंगलबार, कार्तिक १२, २०७०
सुरक्षा सुदृढ गर्न कांग्रेसको माग
नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन सुरक्षा समन्वय समितिले शान्ति सुरक्षाको प्रत्याभुति गराउन सरकारसंग माग गरेको छ ।
एमाओवादीबाट आक्रमण भएका घटनामा सरकारले अझै कारवाही नगरेको भन्दै सुरक्षा समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले एमाओवादीबाट भएका घटनाबारे पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले कारवाहीको दायरामा नल्याएकोमा गम्भीर आपत्ति जनाउनु भयो । एमाओवादीका कार्यकर्ताले रुकुम, बाग्लुङ, सिन्धुली र नुवाकोट लगायतका जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण, निर्वाचन सामाग्री च्यात्ने लगायतका गतिविधि गरेको डा. महतले बताउनु भयो ।
सुरक्षा समितिले निर्वाचन आचार संहिता पालना गराउनप्रति गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । बैद्य माओवादीसहितका वहिष्कार आन्दोलनमा रहेका दललाई शान्तिपूर्ण विरोध गर्न आग्रह गर्दै कांग्रेसले भनेको छ “मतदानमा भाग लिने÷नलिने जनताको इच्छा हो, त्यसको सवैले कदर गर्नु पर्दछ ।”
