थप समाचारमंगलबार, कार्तिक १२, २०७०
ट्रक त्रिशुलीमा खस्यो
११ कात्तिक राति करिब १२ बजे चितवनको कविलास–२ सत्रकिलोमा भएको दुर्घटनाममा ट्रक चालक ललितपुर लेले–४ का महेन्द्र वमजन (२८) र सहचालक मकवानपुर दामनका कृष्ण थिङ्ग (२०) को मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकका सहचालक थिङ्गको घटना स्थलमै र चालक वमजनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा मृत्यु भएको हो । ट्रक सडकबाट ४० मीटर तल खसेको थियो ।
ट्यांकरको ठक्करबाट दुईको मृत्यु
त्यस्तै ११ कात्तिकमै पूर्वी चितवनको चैनपुरमा ट्याङकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ । नारायणगढबाट हेटौडा जाँदै गरेको ना २ ख १५२१ नम्बरको ट्याङकरले ना १२ प ४६१५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट घाईते भएका चितवन कठार २ का रामशरण चौधरी (२२) को उपचारका लागि ल्याउँदै गर्दा बाटोमा र सौराहा सुकुम्बासी टोलका अमर विक (३३) को चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
सविता श्रेष्ठ, चितवन
