समाचारमंगलबार, कार्तिक १२, २०७०
जातीय सङ्घीयताले विखण्डन ल्याउँछः केसी
४ मंसीरमा हुने संविधानसभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नं १० को चुनावी सभालाई थानकोटमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अरुकै दबाबमा जातीय संघीयता लादेर देशलाई विभाजन गर्ने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।
ठूला भनिएका दलहरुकै कारण अघिल्लो संविधानसभाले संविधान नबनाएरै विघटन भएको चर्चा गर्दै केसीले यसपटक सचेत भएर विवेक प्रयोग गर्न आग्रह गरे ।
उनले थानकोट मातातीर्थ, कीर्तिपुर हुँदै चाल्नाखेल जोड्ने मोटर बाटो निर्माण, फर्पिङ क्षेत्रको पर्यटकीय विकास लगायतका विषयमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
