समाचारबुधबार, कार्तिक १३, २०७०

प्रत्यक्ष कार्यकारी भए तानाशाह जन्मन्छ: नेता नेपाल

हिमालखबर

चुनावी घरदैलो अभियानका क्रममा काठमाडौंको कोटेश्वरमा आयोजित कोणसभामा एमाले वरिष्ठ नेता नेपालले भने, “राष्ट्रपति कार्यकारी हुने प्रणालीले तानाशाह जन्माउन सक्छ, त्यसकारण नियन्त्रण र सन्तुलन कायम हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नेपालको विविधताको प्रतिनिधित्व गर्ने राष्ट्रपतिसहितको शासकीय स्वरुपको प्रणाली उपयुक्त हुन्छ ।”

उनले एमाओवादीले भन्दै आएको सङ्घीयताले देश टुक्र्याउने, नेपालीलाई आपसमा लडाउने जिकिर गर्दै आदिवासी जनजाति, मधेशी समुदाय, उत्पीडित, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रलगायत सबैलाई समेट्ने बहुपहिचानसहितको सङ्घीयता मुलुकका लागि आवश्यक रहेको बताए ।

संविधान निर्माण र मुलुकको नेतृत्व गर्न असफल एमाओवादी पुनः ठूलो पार्टी बने देश थप सङ्कट र बर्बादीको दिशामा जाने भन्दै नेपालले सचेत बनेर मतदान गर्न पनि मतदातालाई आग्रह गरे ।

“ठूलो पार्टी बने पनि युद्धको धङधङी बोकेको एमाओवादीले शिविर कायम राखेर लडाकुको नाममा अर्बौं भ्रष्टाचार ग¥यो, सबै जातजातिको साझा फूलबारी रहेको मुलुकका जनतालाई लडाएर देशै टुक्र्याउन खोज्यो” नेपालले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>