थप समाचारबुधबार, कार्तिक १३, २०७०
बसमा आगो लाग्दा ४४ को मृत्यु
भारतको हैदराबाददेखि करीब १४० किलोमीटर टाढा महबुबनगरको कोथाकोटामा बिहान ५ बजे यात्रुबाहक बसमा आगो लाग्दा ४४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय प्रहरीका अनुसार बसमा ४९ यात्री, चालक र हेल्पर समेत गरी जम्मा ५१ जना थिए जसमध्ये ४४ को मृत्यु भएको छ ।
बसको ‘फ्युल टयांक’ सडक किनाराको पुलको रेलिङमा ठोक्किन पुग्दा बसमा आगो लागेको थियो । तिव्र गतिमा कुदेको बसमा एक्कासी आगो दन्किंदा निदाइरहेका यात्रुहरुले बसबाट हाम फाल्ने मौका समेत पाएनन् ।
बैंगलोरबाट हैदरवाद जाँदै गरेको उक्त बसमा कोथाकोटामा आगो लागेको थियो । समाचार एजेन्सी एएफपीका अनुसार बसका चालक र हेल्परलाई प्रंहरीले नियन्त्रणमा लिएको छ भने घाइते तीन यात्रुलाई स्थानीय अस्पतालमा भर्ना गराइएको छ ।
