समाचारबुधबार, कार्तिक १३, २०७०
नवलपरासीको हाटमा टाइम बम
१३ कात्तिक दिउँसो पाँच बजे नवलपरासीको रामग्राममा लागेको हाटबजारमा आलु पसलमा प्रेसर कुकुर भित्र राखिएको ‘टाइम बम’ नेपाली सेनाले डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी केशबराज घिमिरेले जानकारी दिएका छन् ।
निर्वाचनका बेला सर्वसाधारणमाथि आतंक फैलाउन उक्त बम राखिएको हुनसक्ने भन्दै समयमै खबर पाएकाले डिस्पोज गर्न सकिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
ठूलै क्षति गर्न भूमिगत समुहले यस्तो बम राखेको आशंका स्थानीय सुरक्षा निकायले गरेको छ । नवलपरासीमा निर्वाचनको मिति नजिकिदै जाँदा एक साताको अबधिमै दुईवटा बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
तराईको अति संबेदशील जिल्ला भएकाले सुरक्षा ब्यबस्था बलियो पारिएको प्रशासनको दावी रहेका बेला निर्वाचन बिरोधी गतिबिधि तीब्र देखिएकाले स्थानीयबासी त्रसित बनेका छन् ।
विद्रोही गिरी, नवलपरासी
