समाचारबिहीबार, कार्तिक १४, २०७०

एमाओवादीले प्रयोग गरेको गाडीमा आगजनी

हिमालखबर

सन्धिखर्क ७ चुत्राबेसी भक्तिटोलमा रहेको बेल्बासे होटल अगाडी रोकिराखेको लु१ज २३६० नम्बरको जीप १४ कात्तिक राति १२ बजे नचिनेको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

देउराली यातायात समितिको महीन्द्रा जीप एमाओवादीले चुनाब प्रचारप्रसारमा प्रयोग गरेको थियो । स्थानीय बासिन्दाको सहयोगमा तत्कालै आगो निभाइएको थियो । जीपको भित्री सिट र स्टेरिंगमा क्षति पुगेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताएका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>