समाचारबिहीबार, कार्तिक १४, २०७०
एमाओवादी उम्मेदवारको गाडीमा आगजनी
प्यूठानको विजुली–४ मा स्थानीय माओवादी कार्यकर्ताले सडकमा मुढा राखेर सडक अबरोध गरी गाडीमा भएका एमाओबादी कार्याकर्तालाइ बाहिर निकालेर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगजनी रोक्न खोज्दा एमाओवादी मगरात राज्य समिति सदस्य राजेन्द्र पौडेल र कार्याकर्ता नुम बहादुर घर्ती घाईते भएको एमाओवादीले जानकारी दिएको छ । घाईते दुबै जनालाई एम्बुलेन्समा राखेर उपचारका लगि जिल्ला अस्पताल प्यूठान पुर्याइएको छ ।
बिजुली गाविसमा कार्यकर्ता लिन गएको एमाओवादी केन्द्रीय सदस्य नबराज सुवेदीले प्रयोग गरेको भे १ च १४०५ नम्वरको बलेरो जीपमा माओवादी कार्यकर्ताले तोडफोड गरी आगजनी गरेको एमाओबादी जिल्ला नेता पुर्णचन्द्र सुबेदीले बताए ।
रस्पुरकोटमा चुनावीसभा गर्ने क्रममा कार्यकर्ता बोकेको गाडीमा माओवादी कार्यकर्ताले आगजनी गरेको उम्मेदवार नबराज सुवेदीले बताएका छन् । गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार सुबेदी भने गाडीमा नभएकोले सकुसल छन् ।
नेकपा माओवादीले घटनाको विषयमा कुनै जानकारी नभएको र घटनाबारे बुझ्न थालेको नेकपा माओबादीका जिल्ला ईन्चार्ज हरी बहादुर केसीले बताए ।
प्रमोद पोख्रेल, प्यूठान

