समाचारबिहीबार, कार्तिक १४, २०७०

माओवादीका १६ नेता-कार्यकर्ता पक्राउ

हिमालखबर

निर्वाचन बहिस्कारसम्बन्धी कार्यक्रम गर्दै हिडेका नेकपा–माओवादीका १६ जना नेता तथा कार्यकर्तालाइ अर्घाखाँचीको ठुलापोखरा– ९ जर्रे खोलाबाट प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचनको विरोध साथै अराजक कार्य गरेकाले अनुसन्धानकालागि नेकपा–माओवादीका मगरात राज्य समितिका सदस्य कृष्णहरी भुसाल, अखिल क्रान्तीकारीका केन्द्रीय सदस्य नरेन्द्रकुमार बन्जाडे, अखिल क्रान्तिकारीका जिल्ला सचिबालय सदस्य बालकृष्ण भलामीलगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पक्राउ पर्नेमा माओवादीका स्थानीय नेता तथा कार्यकर्ताहरु गेपाल नेपाली, रमेश केसी, कमल भुसाल, सरोज पन्थी, बिष्णुप्रसाद न्यौपाने, ठाकुर बिक, राजु भुसाल, अम्बिका भुसाल, सन्तोष बन्जाडे, रामप्रसाद भुसाल, पदम खड्का, कृष्णजंग रायमाझी र भीमबहादुर केसी छन् ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताए ।

लोकतान्त्रिक विधि र पद्धती अनुसार शान्तिपूर्ण कार्यक्रम गरिहेका आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपा–माओवादीका अर्घाखाँची जिल्ला सेक्रेटरी बाबुराम घिमिरेले बताएका छन ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>