थप समाचारशुक्रबार, कार्तिक १५, २०७०
उम्मेदवारको गाडीमा आगो लगाउने क्रम बढ्यो
उमेद्वार चौधरीले प्रचार प्रसारका लागि प्रयोग गर्दैआएको को १ च ५८५१ नम्बरको गाडीमा आगजनी भएको चौधरीले जानकारी दिएकी छन् ।
इटहरी १ स्थित आफ्नै निवासमा राखिएको गाडी गएराती पांच छ जनाको समूहमा आए्को समूहले आगजनी गरेको उनले बताइन् । इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक बिद्यानन्द माझीले आगजनी गर्ने समूहको खोजी भैरहेको बताए ।
यस्तै मोरङको क्षेत्र नं ८ का एमाओवादी उम्मेदवार गोपी आछामीको गाडीमा पनि आगजनी भएको छ ।
आछामीले चुनाव प्रचार प्रसारका लागि प्रयोग गर्दे आएको को १ च ६२७० नम्वरको गाडीमा १४ कात्तिक राति आगजानी भएको प्रहरीले जनाएको छ ।
अछामी बासवसेको ठाउँमा राखिएको गाडीमा आगजानी गरिएको हो ।
केही दिन अघि मात्रै नेपाली कांगे्रस धनकुटा क्षेत्र नं २ का उम्मेदवार आनन्द सन्तोषी राईको गाडीमा आगजानी भएको थियो । आगजनीमा समलग्न कसैलाइ पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
सीता मादेम्बा, धरान

