रमझमशुक्रबार, कार्तिक १५, २०७०
यात्रीको गजल साँझ
गायिका अञ्जु पन्तले लमजुङ्को भोटेओडारमा थकित यात्रीका रचना गाउँदै गर्दा दर्शक–स्रोताले मन थाम्न सकेनन्, अञ्जुलाई साथ दिंदै नाच्न थाले ।
लमजुङको भारतेमा जन्मेका गजलकार थकित यात्रीले रचना गरेका गजलहरु १३ कात्तिक साँझ गायिका अञ्जु पन्त, शिशिर योगी, विवि अनुरागीलगायतका गायकहरुले गाए । स्रोताहरुको भीड यति धेरै थियो कि सम्पूर्ण लम्जुङ भोटेओडारस्थित फ्युचरस्टार उमाविको प्रांगणमै सोहोरिएको जस्तो लाग्थ्यो ।
यात्रीले ‘एकल गजल साँझ’ आयोजना गरेको यो दोस्रो पटक हो ।
‘न फूलको भएँ, न पातको भएँ
न दिनको भएँ न रातको भएँ,
जव यात्री विजयमा पुग्यो न भुँइको भएँ न खाटको भएँ.’
राज सिग्देलले थकितको यो गीतले भोटेओडारको डाँडो गुञ्जायमान बनाउँदा गजल प्रेमी दर्शक भावुक बने ।
‘दुख्दा पनि घाइते मुटु कुटाइ राख्याछु
ऐया आथ्थु भन्न नदिइ फुटाई राख्या छु
झट्ट हेर्दा शरीरमा कुनै घाउ छैन
छामी हेर्दा दुख्ने वाँकी कुनै ठाउँ छैन …’
२०५७ सालबाट गजल लेख्न थालेका थकित यात्रीले रचनाकारलाई श्रोता–दर्शकले नचिन्ने हुँदा आफ्नै नाममा गजल साँझ आयोजना गरेको । उक्त साँझमा उठेको रकम प्राकृतिक प्रकोप पीडितलाई प्रदान गर्ने यात्रीले बताएका छन् ।
युवराज श्रेष्ठ, लमजुङ


