थप समाचारशनिबार, कार्तिक १६, २०७०
रौतहटमा उम्मेदवारको मृत्यु
रौतहट पिप्रा भगवानापुर–७ का स्थानीय एवम् श्यामसुन्दर गुप्ता नेतृत्वको सदभावना पार्टी युनाइटेडका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख इसराजुलको १६ कात्तिक विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
१५ कात्तिक रातिको खाना खाएर सुतेका ५९ वर्षीय इसराजुल बिहान ओछ्यानमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको छ ।
कालगतिले मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मुस्लीम विधि अनुसार उनको आजै दाहसंस्कार गरिने परिवारजनले बताएका छन ।
