समाचारशनिबार, कार्तिक १६, २०७०

एमाले बहुपहिचानको पक्षमा: नेतृ भण्डारी

हिमालखबर

प्रेस चौतारी उदयपुरद्वारा गाईघाटमा १६ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेतृ विद्या भण्डारीले आगामी संविधानसभा निर्वाचनमा दक्षिणपन्थी तथा उग्रवामपन्थीहरुले जिते देशको समस्या झनै बल्झिने भन्दै देशलाई जातीय विभाजनबाट बचाउन पनि नेकपा एमालेको जित अपरिहार्य रहेको बताएकी छन् ।

भण्डारीले भनिन्, “अहिले एकल जातीय पहिचानको कुरा गरे देश भोलि जातीय विद्रोहतर्फ धकेलिने भएकोले बहुपहिचानसहितको सङ्घीय प्रदेशमा आधारित संंविधान बन्नुपर्ने पक्षमा नेकपा एमाले रहेको हो ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>