समाचारशनिबार, कार्तिक १६, २०७०

माओवादीले भार थेग्न सकेनः सिटौला

हिमालखबर

विगतको संविधानसभामा कांग्रेसको बहुमत नहुँदा संविधान बन्न नसकेको दावी गर्दै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पाँच वर्षको समय माओवादीका कारण व्यर्थै भएको आरोप लगाएका छन् ।

“संविधान बनाउने काम हात्तीले उठाउने जस्तो ठूलो भारी हो, ” १६ कात्तिक दिँउसो झापा– ३ को जलथलमा आयोजित चुनावीसभामा सिटौलाले भने, “माओवादी ठूलो पार्टी त  बन्यो तर, हात्तीको भार गधाले थेग्न सकेन र संविधान बनेन ।”

उनले अहिले पनि एमाओवादीले वाध्यताले मात्रै  लोकतन्त्र भन्ने गरेको तर ब्यवहारमा भने त्यसको उल्टो भएको बताएका थिए ।

२०६४ सालको निर्वाचनमा पनि झापा–३ बाटै उम्मेदवारी दिएका सिटौलालाई माओवादीका पूर्णसिंह राजवंशीले हराएका थिए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>