थप समाचारआइतबार, कार्तिक १७, २०७०
उम्मेदवारको गाडी जलाउने पक्राउ
कांग्रेस धनकुटा क्षेत्र नं २ का उम्मेदवार आनन्द सन्तोषी राईको गाडीमा आगजनी गरेको आरोपमा नेकपा–माओवादीको ३३ दलीय मोर्चामा आवद्ध नेकपा एकीकृतका धनकुटा सचिव गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय मदनचोकबाट १६ कात्तिक दिउँसो पक्राउ परेका विक निर्वाचन विरोधका लागि धनकुटामा गठित संयुक्त सङ्घर्ष समितिका अध्यक्षसमेत हुन् ।
१२ कात्तिकमा राति धनकुटा–७ संगमचोकस्थित उम्मेदवार राईकै घरअगाडि पार्किङ गरी राखिएको अवस्थामा मे १ ज २३७ नम्बरको गाडीमा आगजनी भएको थियो ।
