थप समाचारआइतबार, कार्तिक १७, २०७०
वाइसीएलसँगको झडपमा ६ प्रहरी घाइते
डोल्पाको दुनैमा १६ कात्तिक राति सामूहिक रूपमा हिँडेका एमाओवादी भ्रातृ संगठन वाइसीएलका कार्यकर्ताहरुलाई प्रहरीले राति हुल बाँधेर नहिँड्न आग्रह गरेपछि प्रहरी र वाइसीएलबीच झडप भएको छ । झडपमा ६ जना प्रहरी जवान सामान्य घाइते भएको डोल्पा प्रहरीले जनाएको छ ।
झडपमा संलग्न ४९ जना वाइसिएलका कार्यकर्तालाई प्रहरीले राति नै नियन्त्रणमा लिई जनही ५०० रुपैयाँ जरिवाना लिई छाडिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिको १७ कात्तिक विहान बसेको बैठकले उनीहरुलाई जरिवाना गरी छोड्ने निर्णय गरेको हो ।
