समाचारआइतबार, कार्तिक १७, २०७०

एमाले कार्यकतामाथि आक्रमण, दुई घाइते

हिमालखबर

चितवनको मंगलपुरमा एमालेका दुई कार्यकर्तालाई रड र छुरी प्रयोग गरी एक समूहले आक्रमण गरेको एमाले चितवनका अध्यक्ष जेएन थपलियाले बताएका छन् ।

१७ कात्तिकमा चितवन क्षेत्र नं–४ की उम्मेदवार दिलकुमारी रावलको चुनाव प्रचारका क्रममा रहेका बेला मङ्गलपुर–६ शरणपुरमा एक समूहले आक्रमण गर्दा एमाले चितवनका जिल्ला सदस्य प्रकाश ढुङ्गाना र अर्का क्षेत्रीय सदस्य विश्वेश्वर न्यौपाने घाइते भएको एमाले चितवनले जनाएको छ । एमाले कार्यकर्ताले उक्त आक्रमण एमाओवादी कार्यकर्ताले गरेको बताएका छन् ।

ढाडमा गम्भीर चोट लागेका घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चितवन प्रहरीले भने आक्रमण गर्नेको खोजी भइरहेको र कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>