समाचारमंगलबार, कार्तिक १९, २०७०

लुटेको अलैंचीमा दुई माओवादीको भागबण्डा

हिमालखबर

माओवादीले यसअघि पनि कब्जा गरेको भन्दै अलैची धनीलाई नदिई जबरजस्ती लाने गरेको अलैची यस बर्ष एमाओवादी र नेकपा–माओवादीले भागबण्ड गरी लुटेका छन् ।

अलैची भागबण्डा क्रममा एमाओवादीका कार्यकर्ताले नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्य लोकमान बोगटीलाई कुटपीट गरेका थिए । दुई माओवादी बिच अलैची लुछाचुडीमा झडप समेत भएको प्रत्यक्षदर्शी जलजला–२ का पासाङ शेर्पाले बताए । लुटपाट गर्ने समूहमा संलग्न नेकपा–माओवादीको जनस्वंयसेवक ५ नं. इलाका इन्चार्ज छिरीङ शेर्पाका अनुसार अलैची उत्पादन कम भएकाले एमाओवादीले करिव ८ मन र नेकपा–माओवादीले करिव ५ मन मात्र हात पारेको छ ।

एमाओवादीका जिल्ला सदस्य कर्ण राई नेतृत्वको टोली र नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्य लोकमान बोगटीको समूहले स्याब्रुनमा रहेको आफ्नो अलैची लुटेको धनी चैनपुर–२ रामेश्वर श्रेष्ठले बताए ।

बिगत १० बर्षदेखि आफ्नो बारीमा उत्पादित अलैची लिन जाँदा ज्यानकै धम्की आउने गरेको पीडितको गुनासो छ ।

अझै सम्पत्ति कब्जा

एमाओवादीले कव्जा सम्पत्ति फिर्ता गरेको जनाए पनि बर्षेनी अलैची र धान कब्जा गर्न भने छाडेको छैन । गत बर्ष यसै स्थानमा अलैची लिन आएका माओवादीका कार्यकर्तालाई स्थानीय युवाहरुले अवरोध पु¥याएका थिए भने यस बर्ष दुई माओवादीबीच झगडा भएको छ ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख अनुसार सशस्त्र हिंसाका बेला माओवादीले जिल्लाका १७४ जनाको घरजग्गा कव्जा गरेको थियो जसमध्ये कुनै पनि अहिलेसम्म फिर्ता भएको छैन ।
छेटु शेर्पा, सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>