समाचारबुधबार, कार्तिक २०, २०७०
निर्वाचनमा अवरोध नगर्न खनालको आग्रह
रिपोर्टर्स क्लबले गरेको अन्तरक्रियामा अध्यक्ष खनालले मुलुक निर्वाचनमा होमिइसकेको भन्दै त्यसमा बाधक नबन्न नेकपा–माओवादीलाई आग्रह गरेका छन् । उनले निर्वाचन रोक्ने कसैको पनि प्रयास सफल नहुने पनि बताए ।
खनालले चुनावमा सहभागी दलका कार्यकर्ताहरुबीच भएका झडपका घटनाबारेमा दलहरुबीच छलफल गरेर विवाद समाधान गर्ने बताए ।
पछिल्लो समय निर्वाचनमा सहभागी दलका कार्यकर्ताबीच ५५ स्थानमा झडप भएको छ । अध्यक्ष खनालले चुनावी सुरक्षाका लागि सरकारले गरेको व्यवस्था कामचलाउ भए पनि निर्वाचनका लागि पर्याप्त भएको दाबी गरे ।
खनालले निर्वाचनको विरोधमा रहेका दलका एजेन्डालाई आगामी संविधानसभामा समेट्न सकिने बताए । उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने जस्तो २६ सिटमा आन्दोलनरत दललाई समेट्न नसकिने स्पष्ट पारे ।
