समाचारबुधबार, कार्तिक २०, २०७०

एमाओवादीका दुई जनाको उम्मेदवारी रद्द

हिमालखबर

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका ढुंगेल र फकिरको उम्मेदवारी २० कात्तिकमा रद्द गरेको आयोगका आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिए । ढुंगेलले फैसलाको विषयमा पुनरावेदन नगरेको पाइएकाले उम्मेद्वारी रद्द गरिएको गुरुङ्गले हिमालखबरलाई बताए ।

ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा अदालतले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।

फकिर भने राष्ट्रिय मुस्लीम आयोगको सदस्य भएकाले उम्मेदवारी रद्द भएको हो । निर्वाचन सम्बन्धी ऐनमा लाभको पदमा भएको व्यक्ति उम्मेदवार बन्न नपाउने प्रावधान छ ।

ढुंगेलविरुद्ध नेकपा एमालेकी समानुपातिक उम्मेदवार रामकुमारी झाँक्री तथा फकिरविरुद्ध एमाओवादीकै मोहम्मद जाकिर हुशेनले उजुरी दिएका थिए ।

निर्वाचन आयोगमा ७ जना विरुद्ध उजुरी दर्ता भएको थियो । उजुरी परेकामध्ये एमाओवादीकी अनिता कुमारी परियार, धनमाया वि.क. (खनाल), हरिराम श्रीपाईली, समाजवादी जनता पार्टीकी रिता थापा मगर र लिग नेपाल शान्ति एकता पार्टीकी विमला लक्ष्मी शाहको उम्मेद्वारी भने रद्द गर्न नपर्ने ठहर गरेको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>