समाचारबिहीबार, कार्तिक २१, २०७०

स्वाभिमान रक्षाका लागि निर्वाचन जरुरीः पूर्व राजदूत

हिमालखबर

संविधानसभाको निर्वाचन नभए देशमा बाह्य हस्तक्षेप अझै बढ्ने र देश दुर्घटनामा फस्ने भन्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व राजदूत दिनेश भट्टराईले मुलुकलाई बिदेशीको चलखेलबाट बचाउन र देशमा विधिको शासनका लागि निर्वाचनको विकल्प नभएको बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा २१ कात्तिकमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा नेपालको अस्थिर राजनीतिको फाइदा उठाउन विभिन्न् देशीविदेशी शक्ति लागिपरेको भन्दै निर्वाचन सफल बनाउन सबै एकजुट हुनु पर्नेमा भट्टराईले जोडदिए ।

२०६३ सालपछि मुलुकमा बिदेशीको चलखेल बढेको र राष्ट्रियता कमजोर भएको भन्दै समस्याको निकासका लागि र मुलुकको आर्थिक समृद्धिका लागि संविधानसभाको निर्वाचन निर्विघ्न सफल हुनुपर्ने भटराईको भनाई थियो ।

नेपालको भू–राजनीतिक सम्बेदनशिलतालाई बुझेर सबै राजनीतिकदलहरु सहमति र सहकार्यमै अघि बढ्नुको विकल्प नभएको पनि उनले बताए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>