समाचारशुक्रबार, कार्तिक २२, २०७०

उम्मेदवारहरु भन्छन: सुरक्षा भएन

हिमालखबर

२२ कात्तिकमा जिल्ला प्रशासन कार्यालय प्यूठानमा आयोजित सर्वदलीय भेलामा नेकपा एमाले, शिवसेना नेपाल, अखण्ड नेपाल पार्टीका स्थानीय नेताहरुले आफ्ना नेता–कार्यकर्ताहरु माथि आक्रमण भएको र उजुरी गर्दा समेत प्रहरीले वास्ता नगरेको आरोप लगाएका छन् ।

एमाले जिल्ला अध्यक्ष तुलसी शर्माले प्यूठानको जुम्रीकाँडा र बाङ्गेमरोटमा राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले आक्रमण गरी गम्भीर घाइते बनाउँदा प्रशासनले कुनै कारवाहि नगरेको बताए । कारवाहीका लागि प्रहरीमा लिखित उजुरी दिंदा पनि सोधपुछसम्म नगरेको भन्दै दोषिमाथि कारवाही नभए आफूहरु चुपलागेर नबस्ने चेतावनी समेत दिएका छन् ।

त्यस्तै शिवसेना नेपालका प्यूठान–२ का उम्मेदवार सुरज पाण्डेले स्थानीय प्रहरी प्रशासन ठूला दलको पछि लागेको आरोप लगाउँदै दोषिलाई कार्वाही नगरी नेता जम्मा पारेर भेला गर्नुको कुनै तुक नभएको बताए ।

आफ्ना कार्यकर्तामाथि आक्रमण भइरहँदा प्रहरीलाई पटकपटक फोनमार्फत जानकारी गराउँदा पनि सुरक्षा नपाएको अखण्ड नेपाल पार्टीका प्यूठान–१ का उम्मेदवार भरतमणि पौडे्लले बताए ।

साना दललाईै कानून लाग्ने तर, ठूलालाई ज्यादती गर्न छुट दिने प्रबृत्ति रोक्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बुद बहादुर जीसीले आग्रह गरे ।

प्यूठानमा नेपाली कांगे्रस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र एमाओवादीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रमोद पोख्रेल प्यूठान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>