समाचारशनिबार, कार्तिक २३, २०७०
एमालेको कार्यक्रममा विष्फोट, चार घाईते
ताप्लेजुङको निर्वाचन क्षेत्र नं. २ को खोक्लिङ गाविसमा एमालेको चुनावी कार्यक्रम भई रहेका बेला अपरिचित व्यक्तिहरुले प्रहार गरेको ग्रिनेट विष्फोट हुँदा चार जना कार्यकर्ता घाइते भएका छन् ।
२३ कात्तिक दिउँसो १:५० बजे खोक्लिङको मोति उच्च माविमा कार्यक्रम हुँदै गर्दा नजिकैको डिलबाट दुवटा ग्रिनेट प्रहार भएको थियो । दुईमध्ये एउटामात्र पड्किंदा खोक्लिङ २ का १३ बर्षिय बालक पदम मगर, खोक्लिङ ४ का मानबहादुर विक, २ का रेनुका अधिकारी र ३ का तुलसा कार्की घाईते भएको क्षेत्र नं.२ का उम्मेदवार डम्बरध्वज तुम्वाहाम्फेले जानकारी दिए । नपड्किएको ग्रिनेटलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली आउँदै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख गोविन्द्र आचार्यले बताएका छन् ।
घटनास्थल खोक्लिङ सदरमुकाम फुङलिङबाट पाँच घण्टाको दूरीमा छ । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइँदैछ भने ग्रिनेट प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
