समाचारशनिबार, कार्तिक २३, २०७०
बन्द तोड्ने महासंघ अध्यक्ष वैद्यको चेतावनी
व्यवसायीहरु सँधै बन्दको विरोधमा हुने भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले जोसुकैले बन्द गरे पनि ब्यवसायीहरुले त्यसको प्रतिरोध गर्ने बताएका छन् ।
नेकपा–माओवादीलाई ऊसले गरेको बन्दको आह्वान फिर्ता लिन आग्रह गर्दै उनले बन्द फिर्ता नभए त्यस्तो बन्द ब्यवसायीहरु मिलेरै सफल हुन नदिने चेतावनी समेत दिए ।
२४ कात्तिकमा बनेपामा आयोजित काभ्रे उद्योग वाणिज्य संघको ३७ औँ बार्षिक साधारणसभामा बोल्दै महासंघ अध्यक्ष सुरज वैद्यले मुलुकको आर्थिक विकासका लागि राजनीतिक स्थिरता आउनुपर्ने र त्यसका लागि निर्वाचन अनिवार्य रहेको बताएका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे
