थप समाचारआइतबार, कार्तिक २४, २०७०

पर्यटकमाथि आक्रमण

हिमालखबर

समूहबाट अलग्गिएर एक्लै घुमिरहेका जर्मनीका पर्यटक ४४ वर्र्षीय एलेन्ड्रो किलिनमाथि संखुवासभाको पाँचपोखरीमा स्थानीय युवाहरुद्वारा कुटपिट भएको छ । किलिनको आँखा, टाउको र अनुहारमा चोट लागेको छ ।

आठ जनाको टोलीमा रहेको जर्मनका पर्यटकको समूहमबाट अलग्गिएर घुमफिरमा निष्किएका पर्यटक किलिनसँगै रहेको कुकुरलाई स्थानीय युवाले गाली गरेपछि त्यसो नगर्न आग्रह गरेका पर्यटकलाई ताप्लेजुङ साँघु–४ का ३६ वर्र्षीय पुरुषोत्तम खतिवडा र ३५ वर्षीय एरिस चोङवाङसहितको समूहले कुटपिट गरेको स्थानीयले बताएका छन् ।

किलिनले आफूसँग रहेको कुकुरलाई गाली गर्दै कुटपिटसमेत गरेपछि रोक्न खोज्दा ती युवाहरुले आफूलाई आक्रमण गरेको बताए ।

पाँच महिनाका लागि नेपाल भ्रमणमा आएका किलिन युवाहरुले कुटपिट गरेपछि भागेर देउराली प्रहरी चौकीमा पुगेका थिए । पीडितको उजुरीको आधारमा खतिवडा र चोङवाङसहित, राजेश चोङवाङ, सन्जोग चोङवाङ, विजय चोङवाङ र लोकमणि चोङवाङलाई प्रहरीले गिरफ्तार गरे पनि पछि कागज गराएर छोडेको छ ।

कुटपिटमा संलग्न युवाहरुले पर्यटक केलिनसँग माफी मागेपछि प्रहरीले लिखित कागज गराएर छोडेको प्रहरीले जनाएको छ ।

छेटु शेर्पा सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>