समाचारआइतबार, कार्तिक २४, २०७०
माओवादीले आन्दोलनको स्वरुप बदल्ने
१० दिने आम हड्तालको आह्वान गरेको ३३ दलीय मोर्चाले २४ कात्तिकमा छलफल गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने र त्यसबारे साँझ पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ ।
आमहड्तालको चौतर्फी विरोध भएपछि मोर्चाले आन्दोलनको स्वरुपबारेमा पुनः छलफल गर्ने भएको हो । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषालले आजै छलफल गरी ४ बजे आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिएकी छन् ।
मोर्चाले २५ कात्तिकदेखि आह्वान गरेको १० दिने आमहडतालको उद्योगी ब्यवसायी, कुटनीतिक नियोग, सरकार र निर्वाचनमा सहभागी दलहरुले विरोध गरिरहेका छन् ।
