थप समाचारआइतबार, कार्तिक २४, २०७०

माओवादीका सुनसरी इञ्चार्ज पक्राउ

हिमालखबर

सुनसरी–१ बाट एमाओवादी उम्मेदवार मुक्सामहाङ मेयाङवो लिम्बुले प्रयोग गर्ने गाडी २३ कात्तिक राति आगजनी भएको थियो । उक्त आगजनीपछि अनुसन्धानका लागि भन्दै प्रहरीले नेकपा–माओवादीका स्थानीय इञ्चार्ज शिशिर राईलाई पक्राउ गरेको छ ।

राति साढे १ बजे लिम्बुको घरमै राखेको को १ ज १९५८ नम्वरको गाडीमा मोटरसाईकलमा आएका केही युवाहरुको समूहले आगजानी गरी फरार भएको एमाओवादीले जनाएको छ । आगजानीवाट गाडीमा समामन्य क्षति पुगेको छ ।
शिशिर राईलाइ सोधपुछका लागि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायव उपरीक्षक टेक वहादुर तामाङले जानकारी दिए ।

यसअघि धनकुटाका क्षेत्र नं २ नेपाली कांग्रेसका उमेम्दवार आनन्द सन्तोसी राई, सुनसरी क्षेत्र नं २ की एमाओवादी उमेम्दवार रामकुमारी चौधरी र मोरङ क्षेत्र नं ८ एमाओवादीका उमेम्दवार गोपी अछामीको गाडीमा आगजनी भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>