समाचारआइतबार, कार्तिक २४, २०७०
निर्वाचन बहिष्कार शान्तिपूर्ण हुन्छः गजुरेल
२४ कात्तिक बिहान झापाको बिर्तामोडमा आयोजित पत्रकारसम्मेलनमा माओवादी उपाध्यक्ष सीपी गजुरेलले आफूहरुले जनतालाई भोट हाल्न नजान शान्तिपूर्णरुपमा आग्रह गर्ने तर जबरजस्ती नगर्ने बताए । उनले भने, “हामी जनतालाई जबर्जस्ती गर्दैनौँ, भोट हाल्न नजानूस् मात्र भन्छौँ । बहिष्कार गर्नु जनताको अधिकार हो ।”
आजै दिउँसो काठमाडौँमा ३३ दलीय मोर्चाको बैठक बस्ने र मोर्चाले नयाँ धारणाहरु ल्याउने उनले जानकारी दिए ।
रासस
