थप समाचारआइतबार, कार्तिक २४, २०७०

बस पल्टँदा एकको मृत्यु, २२ घाईते

हिमालखबर

तनहुँको दमौलीबाट पोखरीछापतर्फ जाँदै गरेको ग १ ख २९८० नम्बरको यात्रुबाहक बस सडकछेउमा पल्टेपछि एक जनाको मृत्यु भएको छ । घार्ईते २२ जनामध्ये १२ जनाको अवस्था गम्भीर छ ।

विपरित दिशाबाट आईरहेको ग ६ प ७५४८ नम्बरको मोटरसाईकललाई जोगाउने क्रममा दुर्घटना भएको यात्रुहरुले बताएका छन् । दुम्सीको ओरालो पार गर्दै गर्दा मोडमा मोटरसाईकलसंग ठोक्किएपछि अनियन्त्रित भएको बस सडकछेउमै पल्टेको थियो ।

मोटरसाईकलमा सवार दुईजना पनि घाईते भएका छन् । घाईतेमध्ये १२ जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । ७ जनाको दमौलीको रत्नहरी र ३ जनाको नेशनल अपोलो अस्पतालमा उपचार भैरहेको छ ।
बसले च्याप्दा घटनास्थलमै ज्यान गुमाएका मृतकको सनाखत हुन सकेको छैन ।
पवन पौडेल, तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>