समाचारआइतबार, कार्तिक २४, २०७०

धरानमा पत्रकारलाई लक्षित गर्दै गोली प्रहार

हिमालखबर

धरानको विश्वस्त सूत्र साप्ताहिकको कार्यालयमा रहेका पत्रकार गोपाल देवानलाई लक्षित गर्दै एक युवकले गोली प्रहार गरेका छन् । धरान चतरालाइनमा रहेको कार्यालयमा काम गरिरहेका बेला देवानलाई ताकेर २४ कात्तिकको साँझ गोली प्रहार भएको हो ।

उनलाई गोली भने नलागेको र युवक भागेको धरान प्रहरीले जनाएको छ । गोलीको आवाज सुनेपछि बाहिर निस्कदाँ पेस्तोल बोकेको एक युवक भागिरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलबाट एउटा गोलीको खोका बरामद गरेको प्रहरीको भनाई छ । संघीय समाजवादी पार्टीमा समेत सक्रिय पत्रकार देवानलाई राजनीतिक कारणले नै गोली हानिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>