थप समाचारसोमबार, कार्तिक २५, २०७०
बन्द विरुद्ध शान्ति र्याली
बन्दको विरोध गर्दै विवेकशील नेपाली समूहले शान्ति र्याली गरेको छ । ‘नेपाल खुला छ’ नाम दिएर गरिएको शान्ति र्याली माइतीघरदेखि शुरु भएर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै शहीदगेटमा पुगेर टुंगिएको थियो ।
बन्द संस्कृतिको अन्त्य गर्न दबाबका लागि र्याली निकालेको विवेकशील नेपाली समूहकी सुबुना बस्नेतले बताइन् । र्यालीमा डेढ सय युवाको सहभागिता थियो ।
र्यालीमा बन्द पसल खुलाउँदै आ–आफ्ना सवारी साधन चलाएर सहभागी भएको उनले जानकारी दिइन् ।
