थप समाचारसोमबार, कार्तिक २५, २०७०
अर्याल नयाँ प्रहरी प्रमुख

सरकारले नेपाल प्रहरीको प्रमुखमा एआइजी उपेन्द्रकान्त अर्याललाई नियुक्त गरेको छ । २५ कातिकमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा पदोन्नति गर्ने निर्णय गरेको हो । उनले १ मंसीरदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानासँगै सबै अतिरिक्ति महानिरीक्षक (एआइजी)हरुले आउँदो २९ कातिकमा ३० बर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाश पाउँदैछन् । सरकारले डेढ साताअघि मात्र अर्याललाई एआइजीमा बढुवा गरेको थियो ।
नेपाल प्रहरीमा विशेषत अपरेशन र अपराध अनुसन्धानमा पोख्त मानिने अर्याल करिब अढाइ बर्ष प्रहरी नेतृत्वमा रहनेछन् । नयाँ प्रहरी प्रमुखका रुपमा उनले सुरक्षा दृष्टिले चूनौतिपूर्ण ४ मंसीरको संविधानसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनुपर्ने चूनौति छ ।
