समाचारसोमबार, कार्तिक २५, २०७०
अपहरणमा परेका उम्मेदवार मुक्त
नेकपा–माओवादीले २५ कात्तिक बिहान अपहरण गरेका झापा क्षेत्र नम्बर–३ का नेकपा मालेका उम्मेदवार नवराज खरेल दिउँसो तीन बजे अपहरणमुक्त भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ झापाको पहलमा नेकपा–माओवादीले अपहरणमुक्त गरेको हो ।
माओवादीले ‘चुनावको औचित्य छैन’ भन्ने विज्ञप्ति जारी गर्न लगाएर खरेललाई अपहरणमुक्त गरेको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गणेश पोखरेलले जानकारी दिए । पोखरेलकाअनुसार उनलाई दक्षिणी झापाबाट मुक्त गरिएको हो ।
झापाको जलथल गाविस–३ घर भएका नेकपा मालेका उम्मेदवार खरेल २५ कात्तिक बिहान अपहरणमा परेका थिए । उनलाई कसले अपहरण गर्यो भन्ने बिहान थाहा नभए पनि अपहरणमुक्त गर्ने बेलामा भने नेकपा–माओवादीको संलग्नता रहेको खुलेको हो ।
———————————————————————————————————————————
झापामा उम्मेदवारको अपहरण
झापाको निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा मालेका उम्मेदवार नवराज खरेल अपहरणमा परेका छन् ।
झापाको जलथल गाविस–३ घर भएका नेकपा मालेका तर्फबाट संविधानसभा सदस्य उम्मेदवार नवराज खरेल २५ कात्तिक विहान अपहरणमा परेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
बिहान घरमै रहेका उम्मेदवार खरेललाई ३–४ जनाको समूहमा आएका व्यक्तिले बोलाएर लगेको र त्यसपछि उनी सम्पर्क बिहिन भएको पारिवरिक स्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ भने कस्ले र किन अपहरण गरेको भन्ने खुल्न सकेको छैन ।
गोपाल गड्तौला, झापा
