समाचारसोमबार, कार्तिक २५, २०७०
वैज्ञानिक दयानन्द वज्राचार्यको निधन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुपलपति प्राध्यापक दयानन्द वज्राचार्यको ६९ वर्षको उमेरमा २५ कात्तिक विहान निधन भएको छ ।
श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि काठमाडौंको ओम अस्पताल पुर्याइएका बज्राचार्यलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
लामो समयदेखि ‘पल्मोनरी डिजिज’बाट पीडित वैज्ञानिक बज्राचार्यको यसअघि फोक्सोको शल्यक्रिया गरिएको थियो।
जर्मनीको फ्राइबर्ग विश्वविद्यालयबाट प्लान्ट साइन्समा पिएचडी गरेका वज्राचार्य लामो समय प्राध्यापन पेशामा पनि थिए । उनी दुई अवधि नास्टमा उपकुलपति बनेका थिए।
तीनवटा कृति समेत लेखेका बज्राचार्यले अखबारी लेखन समेत गर्थे ।
बज्राचार्यका श्रीमती, एक छोरा र एक छोरी छन् ।
