थप समाचारसोमबार, कार्तिक २५, २०७०
बन्दमा काठमाडौं (फोटो फिचर)
बिहान फाट्टफूट्ट मात्रै निजी सवारीसाधन गुडे पनि दिउँसोदेखि भने सार्वजनिक यातायात उल्लेख्यमात्रामा सडकमा देखिएका छन् ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको हड्तालको प्रभाव काठमाडौंमा आंशिक मात्रै परेको र सडकमा अरुबेला गुड्ने भन्दा ४५ प्रतिशत सवारी साधन गुडेको काठमाडौं प्रहरीले जनाएको छ ।
काठमाडौंका सडकमा साझा यातायात, ट्याम्पो, माइक्रोबस, ट्याक्सी चलिरहेका छन् भने मोटरसाइकल विहानैदेखि उल्लेख्य संख्यामा देखिएका थिए । बन्द आह्वानकर्ताहरु सडकमा नदेखिएपछि विस्तारै सवारीको आवागमन बढेको हो ।
उपत्यकाका मूख्य बजारका पसलहरु नखुले पनि भित्री सडक र गल्लीहरुमा भने बन्दको प्रभाव देखिएन ।
काठमाडौंको सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।







