समाचारमंगलबार, कार्तिक २६, २०७०

पूर्व प्लाटुन कमाण्डरसहित २९ जना कांग्रेसमा

हिमालखबर

माओवादी लडाकुको प्लाटुन कमाण्डरबाट स्वेच्छिक अबकास लिएपछि एमाओवादीको राजनितिमा सक्रिय हेमनाथ भुसाल २६ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीसहित एमाओवादीका २९ जना कार्यकर्ताहरु कांग्रेस प्रवेश गरे ।

एमाओवादीले यथार्थ भन्दा परको राजनिति गरेको, ‘जनमुक्ति सेना’को शोषण गरेको र राष्ट्रियताको बिषयमा कमजोर भएको भुसालको आरोप छ । पार्टी प्रवेश कार्यक्रममा उनले भने, “क्रन्तिको नाममा गरीबका छोराछोरी मार्ने तर, सत्तामा पुगेपछि क्रान्ति बिर्सने एमाओवादीको दोहोरो चरित्रका कारण हामी २९ जना एमाओबादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका हौं ।”
प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>