समाचारमंगलबार, कार्तिक २६, २०७०

उम्मेदवार बेपत्ता

हिमालखबर

झापाको सतासीधाम–८ स्थित माईधारमा चुनावी प्रचार तथा घरदैलो कार्यक्रममा रहेकी नेपाल आमा पार्टीकी प्रत्यक्षतर्फकी उम्मेदवार चिन्तादेवी ढुंगेल २४ कात्तिक साँझदेखि बेपत्ता भएको नेपाल आमा पार्टी जिल्ला कार्य समिति झापाले जनाएको छ ।

नेपाल आमा पार्टीका केन्द्रीय सचिव पवनकुमार कटुवाल र झापा जिल्ला अध्यक्ष खड्गनारायण सिंह राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बेपत्ता ढुङ्गेलको अवस्थाका बारेमा खोजबिन गरिदिन मानव अधिकारवादी संघसंस्था, पत्रकार, नागरिक समाज, प्रहरी प्रशासनसँग अनुरोध गरिएको छ ।

यसअघि झापाकै ३ नं. क्षेत्रका नेकपा मालेका उम्मेदवारलाई नेकपा माओवादीले २५ कात्तिक विहान अपहरण गरी दिउँसो ३ बजे मुक्त गरेको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>