थप समाचारबुधबार, कार्तिक २७, २०७०

दोलखामा कांग्रेस र एमालेबीच सहमति

हिमालखबर

दोलखा निर्वाचन क्षेत्र नं. १ को मैनापोखरी बजारमा २६ कात्तिक राति र २७ कात्तिक विहान कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि दुवै पार्टीका जिल्ला नेताहरुबीच भएको छलफलमा अबदेखि आपसमा झगडा नगर्ने सहमति भएको छ ।

दोलखाको च्यामा गाविसमा कार्यक्रम सकेर फर्किएका एमाले कार्यकर्ता र मैनापोखरीको कार्यक्रम सकेर भेटघाटमा रहेका कांग्रेस कार्यकर्ताबीच २६ कात्तिक राति झडप हुँदा दुबै पक्षका केही कार्यकर्ता घाईते भएका थिए । उनीहरुको झडपका क्रममा एक जना म्यादी प्रहरी समेत घाईते भएका थिए ।

विहान फेरि झडप शुरु भएपछि नागरिक प्रतिनिधिको रोहवरमा दुबै दलका स्थानीय तथा जिल्ला स्तरीय नेताहरुले अबदेखि झगडा नगर्ने सहमति गरी संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

सर्मिला बुढाथोकी/दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>