थप समाचारबुधबार, कार्तिक २७, २०७०

कांग्रेस प्रचार टोलीमाथि आक्रमण

हिमालखबर

चुनावी प्रचारको क्रममा जुम्लाको धापामा पुगेका नेपाली कांग्रेसको भ्रातृसंगठन तरुणदलका जिल्ला सदस्य विनोद खत्रीलगायतमाथि नेकपा–माओवादीका कार्यकर्ताले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

धापा वडा नम्बर– ६ डिग्रामा २७ कात्तिकमा चुनावी कार्यक्रममा गइरहेका तरुण दलका जिल्ला सदस्य विनोद खत्रीलगायतलाई खुकुरी प्रहार गरी घाइते बनाएको कांग्रेस जुम्ला सभापति मानव सेजुवालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि सदरमुकाममा लैजाने तयारी भइरहेको पनि सेजुवालले बताए । माओवादी कार्यकर्ताले प्रचार टोलीको माइक पनि खोसेर फुटाइदिएका छन् ।
नेत्रबहादुर शाही, जुम्ला

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>