समाचारबिहीबार, कार्तिक २८, २०७०
धरानको चार ठाउँमा प्रेसरकुकर बम
२७ कात्तिक विहान ३ बजे धरानको जिरो प्वाइन्ट, कलेज रोड, साङपाङ चोक र सिदार्थ मार्गमा कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ । सबै बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।
कलेज रोडमा राखिएको प्रेसरकुकर भित्र भने लुगाधुने सावुन र भुससँगै डेटोनेटर समेत राखिएको इलाका प्रहरी कार्यलय धरानले जानकारी दिएको छ । सबै बम डिस्पोज गर्न पुगेको नेपाली सेनाको कालिवक्स गण धरानको टोलीलाई ६ घण्टा लागेको थियो ।
सीता मादेम्बा, धरान
