समाचारबिहीबार, कार्तिक २८, २०७०

माओवादीलाई २६ सिट दिइन्नः पौडेल

हिमालखबर

एमाओवादीलगायत केही दलहरुले सरकारले मनोनित गर्ने २६ जना सभासदहरु नेकपा–माओवादीलाई दिने भनेकोमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आपत्ति प्रकट गरेका छन् ।

नेपाल प्रेस युनियनले विराटनगरमा २८ कात्तिक बिहान गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, “निर्वाचन नै बहिष्कार गर्ने माओवादीलाई २६ सिट उपाहारस्वरुप दिन सकिंदैन, त्यो हुँदैन ।”

यसअघि एमाओवादीले मन्त्रिपरिषद्बाट मनोनित गरिने २६ सिट वैद्य पक्षलाई दिन सकिने भन्दै आएको थियो ।

“संविधानसभाको २६ सिट सम्मानति नागरिक र कानुनका विज्ञलाई मनोनित गरिन्छ,” उनले भने, “कसैले आन्दोलन गरेकै भरमा सिट दिन सकिन्न ।” जनाधार नभएका कारण वैद्यहरु चुनावमा जान डराएको पौडेलको आरोप छ ।

चुनाव बहिष्कार गरेर वैद्य माओवादीले जनतालाई धोका दिएको भन्दै उनले चुनाव बहिष्कारको नाममा दुःख दिनेलाई जताले ठीक पार्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>