थप समाचारबिहीबार, कार्तिक २८, २०७०
बन्द गराउन खोज्ने दुईजना पक्राउ
प्रहरीले २८ कात्तिकमा संखुवासभाबाट बन्द गराउँदै हिंडेका नेकपा–माओवादीका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुरले नेकपा–माओवादीका सचिवालय सदस्य जलजला–५ चुङखुरुङका लोकमान बोगटी र मादिराम्बेनीका नरबहादुर भुजेललाई पक्रेको प्रहरी निरीक्षक यमनाथ अधिकारीले जानकारी दिए ।
नेकपा–माओवादीले भने आफ्ना कार्यकर्तालाई प्रहरीले अनाहकमा पक्रेको गरेको दाबी गरेको छ ।
छेटु शेर्पा, संखुवासभा
